जेलमा रहेका रेशम चौधरीको पार्टीले पनि खाता खोल्यो

Advertisement

काठमाडौं । जेलमा रहेका रेशम चौधरीले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टीले पनि खाता खोलेको छ । सो पार्टीले कैलाली–३ मा आफ्नो उम्मेदवार विजयी गराउन सफल भएको हो । 

नागरिक उन्मुक्ति पार्टीबाट गंगा चौधरीले २३ हजार १२० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी सत्ता गठवन्धनबाट माओवादी केन्द्रका कुन्दन चौधरीले १७ हजार ७४९ मत पाए । त्यस्तै, एमालेका गौरीशंकर चौधरीले नौ हजार ८७४ मत पाए । यो क्षेत्रमा ६३ हजार ४४ मत खसेको थियो । 

Advertisement

यस क्षेत्रमा राप्रपाका वीरेन्द्र वमले पनि सात हजार ४७ मत पाएका छन् । 

Advertisement

Advertisement