लाखौंको शुभेच्छा पाए पनि डडेलधुरावासीले सागरलाई पत्याएनन्, चार हजार मतले पछाडी

Advertisement

काठमाडौं । डडेल्धुरामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई चुनौति दिएका स्वतन्त्र उम्मेदवार चार हजार मतले पछाडी परेका छन् । 

जारी मतगणनामा १९ हजार ५९६ मत गर्दा देउवाले नौ हजार ७७३ र ढकालले पाँच हजार १९३ मत पाएका छन् । त्यस्तै, नेपाली कांग्रेस (विपी)का उम्मेदवार कर्णबहादुर मल्लले दुई हजार ६९४ मत पाएका छन् ।

Advertisement

ढकालल जितुन भन्ने देशविदेशमा रहेका लाखौं नेपालीले शुभेच्छा प्रकट गरे पनि डडेलधुरावासीले विश्वास नगर्दा फेरि देउवा नै विजयी हुने संकेत देखिएको छ । यद्यपि धेरै चुनौतिका बीच उनले पाएको मत भने निकै सम्मानजनक देखिन्छ । 

Advertisement

Advertisement