बल्ल रविले अग्रता लिए

Advertisement

काठमाडौं । धेरैले चासोका साथ हेरेको चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । 

यसअघि नेकपा एमाले र कांग्रेसका उम्मेदवारहरुले अग्रता लिएपछि लामिछाने कतै पराजित हुने त होइनन् ? भन्ने प्रश्न उठेको थियो । उनले मतको अग्रता बढाउँदै अहिले पहिलो भएका हुन् । 

Advertisement

पछिल्लो मत परिणामअनुसार लामिछानेले चार हजार सात मत पाएका छन् । उनको निकट प्रतिस्पर्धी नेकपा एमालेका कृष्णभक्त पोखरेलले तीन हजार ८७९ मत पाएका छन् । 

त्यस्तै कांग्रेसका उमेश श्रेष्ठले तीन हजार ४१० मत पाएका छन् ।

Advertisement

Advertisement