नागरिकताको विषयलाई लिएर परेको उजुरीमा लामिछानेले बुझाए आयोगलाई स्पष्टीकरण

Advertisement

काठमाडौं । नागरिकता विवादका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन आयोगमा स्पष्टीकरण बुझाएका छन् । लामिछानेको नागरिकताका विषयमा उजुरी परेपछि उनले आयोगसमक्ष आफ्नो स्पष्टीकरण बुझाएका हुन् । 

प्रकरणमा चितवन क्षेत्र नं. २ का उम्मेदवारसमेत रहेका लामिछानेले विदेशी नागरिकता लिएका कारण उनको नेपाली नागरिकता खारेज भइसकेको, तर लामिछानले खारेज भइसकेको नेपाली नागरिकता पेश गरेर उम्मेदवारी दर्ता गराएकोले उनको उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको थियो । उजुरीकर्ताले पुनः नागरिकता प्राप्तिको प्रक्रियामा लामिछाने अहिलेसम्म नगएको पनि जिकिर गरेका छन् । 

Advertisement

उजुरीपछि आयोगले उनको नागरिकतासम्वन्धमा चासो राखेको थियो । आयोगले सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो । सोअनुसार रविले मंगलबार अन्तिम दिन स्पष्टीकरण बुझाएका हुन् । आयोगको चितवनस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले सिलबन्दी गरिएको स्पष्टीकरण सोझे केन्द्रमा पठाउने जानकारी दिएको छ । 

चितवन क्षेत्र नम्बर २ को जारी मतगणनामा रविले अग्रता लिइरहेका छन् । 

Advertisement

Advertisement