निर्माण व्यवसायीसमेत रहेका कांग्रेसका आचार्य रसुवाबाट पुनः विजयी

Advertisement

काठमाडौं । रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य पुनः निर्वाचित भएका छन् । आचार्यले नेकपा एमालेका छोवाङ तेन्जिङ तामाङलाई नौ हजार ६२१ मतले पराजित गरेका हुन् । 

आचार्यले १८ हजार २३५ मत ल्याउँदा तामाङले आठ हजार ६१४ मत ल्याएका छन् । आचार्य निर्माण व्यवसायीसमेत हुन् । रसुवामा मंगोल नेशनल अर्गनाइजेसनका विकाश घलानले २१०, राष्ट्रिय स्वतन्त्र पार्टीका मिननाथ देवकोटाले १६५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका टीकाप्रसाद देवकोटाले ७५ मत पाएका छन् ।

Advertisement

Advertisement

Advertisement