ओलीका दाहिने हातको रुपमा परिचित एमाले वरिष्ठ उपाध्यक्ष गठवन्धनका पौडेलसँग पराजित

Advertisement

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा सत्ता गठवन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित भएका छन् । उनले नेपालका एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलाई भारी मतान्तरले पराजित गरेका हुन् । 

पोखरेल एमालेका अध्यक्ष केपी ओलीको दाइने हातका रुपमा परिचित थिए । पोखरेललाई पाँच हजार ६५ मतान्तरले पराजित भएका छन् । अन्तिम मतपरिणामअनुसार पौडेलले १५ हजार २३७ मत पाएका छन् भने पोखरेलले १० हजार १७२ मत पाएका छन् ।

Advertisement

Advertisement

Advertisement