ललितपुर– १ मा कांग्रेसका राणा विजयी, निवर्तमान साँसद नवराज सिलवाल पराजित

Advertisement

काठमाडौं । ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका नवराज सिलवाललाई हराउँदै निर्वाचित भएका हुन् । राणा यसअघि सिलवालसँगै पराजित भएका थिए । 

Advertisement

राणाले सिलवाललाई चार हजार ६१४ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । राणाले २३ हजार ८९२ मत प्राप्त गरेका छन् भने सिलवालले १९ हजार २७८ मत प्राप्त गरेका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका डा सचिन घिमिरेले तीन हजार २७७, राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्दीप आचार्यले एक हजार ६४१ मत प्राप्त गरे ।

Advertisement

Advertisement