काठमाडौं– ३ मा कांग्रेसका चालिसे विजयी, एमालेका कृष्ण राई झण्डै चार हजार मतले पराजित

Advertisement

काठमाडौं । काठमाडौं–३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका छन् ।

उनी नेकपा एमालेका उम्मेदवार कृष्ण राईलाई तीन हजार ९६२ मतान्तरले पराजित गर्दै निर्वाचित भएका छन् ।

Advertisement

चालिसेले १५ हजार १५८ मत पाए भने राईले ११ हजार १९६ मत पाएका छन् । राई २०७४ सालमा यसै क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

Advertisement

Advertisement