तनहुँ– २ बाट शंकर भण्डारी साढे पाँच हजार मतान्तरले विजयी

Advertisement

काठमाडौं । तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका शङ्कर भण्डारी निर्वाचित भएका छन् । भण्डारी पाँच हजार ४७४ मतान्तरले नेकपा एमालेका उम्मेदवारलाई पराजित गरेका हुन् । 

भण्डारीले ३० हजार ६०४ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका किरण गुरुङले २५ हजार ए१३० मत पाएका छन् । 

Advertisement

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले पाँच हजार तीन सय ७३, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्रप्रताप महतले एक हजार चार सय २१ मत प्राप्त गरेका छन् । 

कांग्रेसभित्र भण्डारी हिन्दुराज्य र राजसंस्था पक्षधर नेताको रुपमा चिनिन्छन् । 

Advertisement

Advertisement