गठवन्धनकी रेखाबाट एमालेका पोखरेल अझै जोखिममा

Advertisement

काठमाडौं । दाङ क्षेत्र नम्बर २ को जारी मतगणनामा अग्रता लिँदै आएकी सत्तारुढ गठवन्धनकी रेखा शर्मासँगको मतान्तर खासै घटाउन नसक्दा नेकपा एमालेका उम्मेदवार शंकर पोख्रेल अझै जोखिममा देखिएका छन् । 
 
सुरुदेखि नै अग्रता लिँदै आएकी शर्मासँग पोखरेलले मतान्तर केही घटे पनि गन्न बाँकी मत कम हुँदै जाँदा अझै एक हजार छ सय मतको अन्तर कायम रहेको छ । 

रेखाले १४ हजार १०७ मत पाउँदा पोख्रेलले १२ हजार ४२३ मत पाएका छन् । हालसम्म दाङ– २ मा ३८ हजार १३२ मत गणना भएको छ । सो क्षेत्रमा ७९ हजार ७३७ मत खसेको थियो ।

Advertisement

Advertisement

Advertisement