झलनाथ खनाल पछि परेको इलाम– १ मा विवादका कारण अझै मतगणना हुन सकेन्

Advertisement

काठमाडौं । मंगलबारदेखि नै रोक्किएको इलाम– १ को मतगणना अझै सुचारु हुन सकेको छैन् । दलहरुलाई जानकारी नदिई कर्मचारीले मतपेटिका खोलेको भन्दै सत्तारुढ गठवन्धन पक्षले विवाद सुरु गरेपछि गणना रोक्किएको हो । 

विवाद समाधानका लागि अहिलेसम्म सबैदलीय बैठकसमेत बस्न सकेको छैन् । झलनाथ खनाल पक्षधरहरुले अहिले गणना बहिस्कार गरेर बसेको छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले १० हजार २८७ मत प्राप्त गरेका छन् भने खनालले आठ हजार ७८० मत प्राप्त गरेका छन् ।

Advertisement

Advertisement

Advertisement