स्वतन्त्र पार्टीको चुनौति सामना गर्दै आएकी एमाले नेतृ विद्या  भट्टराई विजयी

Advertisement

काठमाडौं । कास्की क्षेत्र नं. २ मा नेकपा एमालेकी विद्या भट्टराई निर्वाचित भएकी छिन् । एमालेका स्वर्गीय नेता रवीन्द्र अधिकारीकी श्रीमती विद्याले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधव कंडेललाई हराउँदै जित हासिल गरेका हुन् । 

भट्टराईले १६ हजार ९९८ मत पाउँदा निकटतम् कंडेलले १२ हजार ४९५ मत पाए । कंडेलले प्रारम्भिक मतगणनामा लगातार अग्रता बनाउँदै आए पनि अन्तिममा भट्टराईले अग्रता लिएर जित हासिल गरेकी हुन् । 

Advertisement

सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले नौ हजार ६५९ मतसहित तेस्रो स्थानमा रहे ।

Advertisement

Advertisement