गोरखा– १ बाट पर्यटन व्यवसायी बजगाईं विजयी

Advertisement

गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा सत्ता गठवन्धनको उम्मेदवार नेपाली कांग्रेसका राजेन्द्र बजगाईं विजयी भएका छन् । उनी पर्यटन व्यवसायीसमेत हुन् । यसअघि क्यासिनोमा लगानी गरेका बजगाईले हाल होटललगायतका क्षेत्रमा लगानी गरेका छन् । 

उनले नेकपा एमालेका रामशरण बस्नेतलाई हराउँदै जित निकाल्न सकेका हुन् । बजगाईंले ३३ हजार ४२८ मत ल्याउँदा बस्नेतले १६ हजार ७८५ मत मात्र प्राप्त गरे । 

Advertisement

Advertisement

Advertisement