चितवन– २ मा ३४ हजारभन्दा धेरै मतान्तरले रवि लामिछाने विजयी

Advertisement

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गर्न सफल भएका छन् ।

लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याए । श्रेष्ठ सत्ताधारी गठबन्धनका उम्मेदवार पनि हुन् । त्यस्तै, नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत ल्याएर तेस्रो भए । उनी यसअघि सो क्षेत्रका साँसद थिए । 

Advertisement

Advertisement

Advertisement