सधैं राष्ट्रियताको पक्षमा र विकृतिविरुद्ध संसदमा आवाज उठाउने प्रेम सुवाल पुनः विजयी

Advertisement

काठमाडौँ । भक्तपुर– १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सचिव प्रेम सुवाल पुनः निर्वाचित भएका छन् । उनी यसअघि पनि सो क्षेत्रबाट विजयी भएका थिए । 

सुवालले नेकपा एमालेका नवराज गेलाललाई दोब्बरभन्दा धेरै मतान्तरले पराजित गरेका हुन् । सुवालले ४२ हजार ७६१ मत ल्याउँदा गेलालले ११ हजार ९६८ मत पाए । 

Advertisement

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्काले नौ हजार ३०३, नेकपा माओवादी केन्द्रका सुनिल गोठेले पाँच हजार २८३ मत ल्याएका छन् ।

संसदमा सधैं राष्ट्रिय र विकृतिविरुद्ध एक्लै भए पनि सशक्त आवाज उठाउँदै आएका सुवालले आफ्नो छुट्टै पहिचानसमेत बनाएका छन् । 

Advertisement

Advertisement