विजयी भएको छैन्, जाँच दिन जान योग्य मात्रै भएको होः रवि लामिछाने

Advertisement

काठमाडौं । चितवन– २ बाट भारी मतान्तरले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू विजयी नभएको बताउँदै जाँच दिन जान योग्य मात्रै भएको तर्क गरेका छन् । चुनाव जितेपछि मतदातालाई धन्यवाद दिने क्रममा सामाजिक सञ्जालबाट विज्ञप्ति जारी गर्दै उनले आफू जनतालाई जिताउने जाँच दिन गइरहेको बताए । 

राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु नभएको लामिछानेको तर्क छ । उनले भनेका छन्, ‘यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो । म आजबाट जाँच दिन जाँदैछु, जसको नतिजा पाँच वर्षपछि मात्र आउँछ ।’

Advertisement

साथै, लामिछानेले अहिले कुनै विजय र्याली नगर्ने बताउँदै धन्यवाद र्याली भने गरिने बताए । धन्यवाद र्यालीमा आफूलाई फूलमाला र अबीर केही पनि नल्याउन उनले आग्रह गरेका छन् । लामिछाने भन्छन्, ‘ ‘माला, अबीर, खादामा हामीले गरेको खर्च प्रायः विदेश जान्छ । केही ल्याउनैपर्ने मन भए आफ्नै आँगन वा बाटोको एक थुंगा फूल भए मलाई पुग्छ ।’

छिटोभन्दा छिटो आफू काममा लाग्न चाहेको बताउँदै उनले जनताका समस्या र सुझाव संकलनका लागि ठाउँ ठाउँमा सुझाव पेटिकासमेत राखिने बताए । सुझाव पेटिकामा भ्रष्टाचारीका सूचना पनि दिन आग्रह गरेका छन् । 

Advertisement

Advertisement