मिडियाको कृपाले उदाएको हो स्वतन्त्र पार्टी, मामुली कुरा होः ओली

Advertisement

झापा । नेकपा एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई ‘मामुली कुरा’ भएको टिप्पणी गरेका छन् । 

भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले  स्वतन्त्र पार्टी मिडियाको कृपाले उदाएको भन्दै यो ठूलो कुरा नभएको बताए । आजै ओली दमकमा आयोजना हुने विजय जुलुसमा सहभागी हुने कार्यक्रम छ । 

Advertisement

ठूला दल र नेताप्रति वितृष्णा बढ्दै गएको बेला यस पटकको निर्वाचन स्वतन्त्र पार्टीको उत्साहजनक उपस्थिति देखिएको छ भने राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि राम्रो जनमत बटुलेको छ । 

Advertisement

Advertisement