पौडेल र पाण्डेलाई हराउँदै चितवन– १ बाट स्वतन्त्र पार्टीका ढकाल विजयी

Advertisement

काठमाडौं । चितवन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भएका छन् ।

ढकालले सत्तारुढ गठवन्धनका उम्मेदवारसमेत रहेका नेपाली कांग्रेसका विश्व पौडेल र नेकपा एमालेका नेता एवं पूर्वमन्त्री सुरेन्द्र पाण्डेलाई हराउँदै जित हासिल गर्न सफल भएका हुन् । 

Advertisement

ढकालले ३४ हजार १८९ मत ल्याउँदा पाण्डेले २६ हजार ६०८ मत र पौडेलले २४ हजार ९९० मत प्राप्त गरे । ढकाल लामो समयदेखि शेयर बजारसँग सम्वन्धित रहँदै आएका थिए । 

Advertisement

Advertisement