एमालेका शेरबहादुर तामाङलाई हराउँदै सिन्धुपाल्चोक– २ मा गठवन्धनका बस्नेत विजयी

Advertisement

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन् । उनी सत्तारुढ गठवन्धनका उम्मेदवारसमेत हुन् । 

शुक्रबार बिहान सम्पन्न मतगणना अनुसार बस्नेतले नेकपा  एमालेका शेरबहादुर तामाङलाई ११ हजार ८७४ मतले हराउँदै विजयी भएका हुन् । 

Advertisement

बस्नेतले ३९ हजार ३६७ मत ल्याउँदा तामाङले २७ हजार ४९३ मत पाए । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माया गुरुङले दुई हजार ४५२ मत ल्याइन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नरसिंह श्रेष्ठले दुई हजार ८१९ मत ल्याए ।

Advertisement

Advertisement