गठवन्धनका साहलाई हराउँदै सिरहा– ३ मा एमालेका लीलानाथ श्रेष्ठ विजयी

Advertisement

काठमाडौं । सिरहा–३ बाट नेकपा एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित भएका छन् । उनले सत्तारुढ गठवन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका विश्वनाथ साहलाई हराउँदै जित हासिल गरेका हुन् । 

श्रेष्ठ २८ हजार ६४ मत ल्याउँदा साहले २६ हजार ८८२ मत पाए । तेस्रो स्थानमा रहेका जनमत पार्टीका दिनेश यादवले ११ हजार १४६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोवर्द्धनदास तत्माले एक हजार २५९ मत पाए । यस क्षेत्रबाट यसअघि पनि श्रेष्ठ विजयी भएका थिए । 

Advertisement

Advertisement

Advertisement