मतगणनामा पछि पर्दै आएका महन्थ ठाकुर अन्ततः दुई हजार मतान्तरले विजयी

Advertisement

काठमाडौं । महोत्तरी क्षेत्र नम्बर– ३ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन् ।

मतगणनाको प्रारम्भदेखि नै पछि पर्दै आएको उनी अन्तिम समयमा दुई हजार ५० मतान्तर कायम गरी विजयी हुन सफल भएका हुन् । ठाकुरले जनता समाजवादी पार्टी (जसपा)का हरिनारायण यादवलाई हराएका हुन् । 

Advertisement

ठाकुरले १६ हजार ३७५ मत ल्याउँदा यादवले १४ हजार ३२५ मत पाए । 

Advertisement

Advertisement