कपिलवस्तु– २ मा गठवन्धनबाट कांग्रेसका आचार्य विजयी

Advertisement

काठमाडौं । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका बृजेश गुप्तालाई हराउँदै सत्तारुढ गठवन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका सुरेन्द्र आचार्य निर्वाचित भएका छन् ।

आचार्यले ३९ हजार १४ मत ल्याएर विजयी हुँदा गुप्ताले ३८ हजार ६९७ मत पाए । यस्तै राप्रपाका सविता शर्माले एक हजार ५७४ र लोकतान्त्रिक समाजवादी पार्टीका अकबाल अहमत शाहले एक हजार१२३ मत पाए । 

Advertisement

Advertisement

Advertisement