नुवाकोट– २ मा गठवन्धनबाट कांग्रेसका केसी विजयी

Advertisement

काठमाडौं । नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ मा सत्तारुढ गठवन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसी निर्वाचित भएका छन् । 

केसीले २८ हजार १०७ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४७७ मत ल्याए । 

Advertisement

त्यस्तै, नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले १५ हजार १६१ मत ल्याए । यसअघिको निर्वाचनमा उनी सो क्षेत्रबाट विजयी भएका थिए । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार झनक प्याकुरेलले एक हजार ५७१ मत ल्याए । 

Advertisement

Advertisement