स्वतन्त्र पार्टीकी गोमा तामाङलाई मुस्किलले हराउँदै जसपाका अशोक राई विजयी

Advertisement

काठमाडौं । लामो रस्साकस्सीपछि सुनसरी १ मा जनता समाजवादी पार्टीका अशोक राई निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै राई निर्वाचित भएका हुन् ।

राईले १७ हजार ५९ मत ल्याउँदा तामाङले १६ हजार ६०६ मत पाइन् । सत्ता गठवन्धनबाट माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत पाए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोक राईले सात हजार ८८४, एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्गबोले सात हजार ८१२, अर्का स्वतन्त्र तर्कबहादुर मगरले तीन हजार ८१८, कुमार कार्कीले एक हजार ८६४ मत पाए । 

Advertisement

मतगणनामा जसपाका राई र तामाङबीच निकै प्रतिस्पर्धा चलेको थियो । 

Advertisement

Advertisement