प्रकाशमानले हटाउन नदिने बचन दिए पनि वाग्मती सभ्यताले हटाउन लागेपछि सुकुम्वासी विरोधमा

Advertisement

काठमाडौं । एकीकृत बागमती सभ्यता विकास समितिले वागमती अतिक्रमण गरी बसेकाहरुलाई हटाएरै छाड्ने तयारी गरेपछि नदि किनारका सुकुम्वासीहरु आन्दोलित भएका छन् । 

चुनावअघि सो क्षेत्रका सत्तारुढ  गठवन्धनका उम्मेदवार प्रकाशमान सिंहले सुकुम्वासीहरुलाई नदि किनारबाट हटाउन नदिने आश्वासनसँगै पैसासमेत दिएर करिव आठसय भोट आफ्नो पक्षमा पार्न सफल भएका थिए । 

Advertisement

तर एकीकृत बागमती सभ्यता विकास समितिले नदि किनारको सार्वजनिक जग्गा अतिक्रमण गर्न नदिने अडान राख्दै सो क्षेत्र खाली गर्ने सार्वजनिक सुचना कार्यान्वयन गर्ने अडान राखेपछि सोमबार उनीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् । 

काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरु डोजर लिएर हटाउन आएपछि थापाथलीका सुकुम्वासीहरु हतियारसहित विरोध प्रदर्शनमा उत्रिएका हुन् । सुकुम्बासीहरुले ढुंगामुढा गरेपछि भागाभागसमेत भएको थियो । त्यस क्रममा केही घाइतेसमेत भएका थिए । उनीहरुले सडकमा टायर बालेर विरोधसमेत गरेका थिए । उनीहरुको विरोधका कारण सो क्षेत्र अहिले तनावग्रस्त देखिन्छ । 

आफूहरु बस्दै आएको ठाउँ नछाड्ने भन्दै सुकुम्वासीहरुले गृहमन्त्री तथा काठमाडौंका मेयर बालेन शाह (बालेन्द्र)विरुद्ध नारावाजी गरेका थिए । यद्यपि यो एकीकृत बागमती सभ्यता विकास समितिले अघि बढाएको अभियान हो । 

समितिले गत मंसिर ४ सम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो । सुकुम्वासीहरुलाई लामो समयदेखि आश्वासन बाँडेर सो क्षेत्रका साँसद सिंहले आफ्नो भोट बैंकको रुपमा प्रयोग गर्दै आएका छन् । उनीहरुले पहिला आफूहरुलाई वैकल्पिक व्यवस्था गरेर मात्रै हटाउनुपर्ने अडान राख्दै आएका छन् । 

Advertisement

Advertisement