नेपालका लागि उत्तम तीन वटा एसयूभी मोडल

Advertisement

काठमाडौं । नेपालमा हिमाल, पहाड र तराईको भूगोल अनुसार सडकहरु पनि फरक–फरक तरिकाले निर्माण भएका छन् ।  भौगोलिक विविधता र सडकको फरक बनावटले नेपालको ड्राइभिङ अनुभवलाई चुनौतीपूर्ण र असाधारण बनाउँछ । नेपालका गाउँ, बस्ती र सहर फरक–फरक भूगोलमा रहेका कारण अफरोड ड्राइभिङ अनिवार्य जस्तै हुन्छ। अफरोडिङको अर्थ बालुवा, ग्राभेल, नदी किनार, हिलो, हिउँ, चट्टान वा अन्य प्राकृतिक सतहमा गाडी कुदाउनु हो, जबकि अन्य कुराहरु प्राविधिक बन्द सडकमा अफरोडिङ, क्रस–कन्ट्री, रक क्राउलिङ वा मड्डिङसँग जोडिन्छन् ।

हिमाली भेगका मनोरम र सुन्दर डाँडाका कच्ची सडकमा गाडी चलाउँदा रोमाञ्चक मात्र नभई समकालीन सभ्यताभन्दा परको सुखद अनुभव पनि गर्न पाइन्छ। अफरोड यात्रा नियमित रुपमा कार्यालय र घर आउजाउ गरे जस्तो हुँदैन । पछिल्लो समय धेरै अटो निर्माता कम्पनीहरुले अफरोड लक्षित सवारी साधन निर्माण गरिरहेका छन् । यस्ता गाडीको माग पनि क्रमशः बढिरहेको छ । फलस्वरुप यिनको मूल्य, उपभोग र बिक्रीमा बढ्दो चाप देखिएको छ ।

Advertisement

अफरोड ड्राइभिङ सवारीसाधन कस्तो छ भन्नेमा भर पर्छ। पहाडी उकालो–ओरालोमा हरेक गाडी र एसयूभी आरामदायी हुँदैनन् । तिनीहरुको बनावट उपयुक्त नहुन सक्छ। अटो निर्माता कम्पनीहरुले विशेष, गतिशील, सुविधासम्पन्न तथा खास विशेषतासहितका अफरोड गाडी बनाउने प्रयास जारी राखेका छन् ।

अफरोड ड्राइभलाई लक्ष्य गरेर डिजाइन गरिएका सवारीसाधनको कार्यसम्पादन असाधारण हुन्छ। हामी यो सामग्रीमा नेपालको सडक र अफरोड दुवैका लागि उपयुक्त किया ब्रान्डका एसयूभीबारे चर्चा गर्दैछौं। कियाले नेपालमा उपलब्ध गराएको तीन मोडेल–– सेल्टोस, सोनेट र सारेन्टो हाइब्रिड –– यहाँको कच्ची र पक्की दुवै सडकका लागि तुलनात्मक रुपमा बढी उपयुक्त छन्। यी प्रिमियम एसयूभीमा असाधारण सुविधा छन् ।

किया सेल्टोस


सेल्टोसमा शक्तिशाली इन्जिन जडान गरिएको छ, जुन १४९७ सीसी र १३८.०८ बीएचपीसम्मका छन् । यसले अफरोडमा पनि २०.८ किलोमिटर प्रतिलिटरसम्मको माइलेज दिन्छ ।

एचटीके, एचटीके प्लस, एचटीके प्लस आईएमटी, एचटीएक्स, एचटीएक्सआईभीटी, एचटीएक्स प्लस (डिजेल) र जीटीएक्स प्लस एटी (डिजेल) गरी सेल्टोसका सात भेरिएन्ट छन्। यी एसयूभीहरु २०२२ सालमा अरु एसयूभी मध्य सर्वोकृष्ट मानिएका छन्। यसमा २६.०३ सेन्टिमिटर टचस्क्रिन र १७.७८ सेन्टिमिटर क्लस्टर, ३६०० डिग्री भ्यू, स्मार्ट २०.३२ सेन्टिमिटर हेड अप डिस्प्ले, भेन्टिलेटेड र पावर सिट, भाइरस र ब्याक्टेरियाबाट सुरक्षा दिने एयर प्युरिफायर लगायतका सुविधा उपलब्ध छन् ।

सबै पाङ्ग्रामा डिस्क ब्रेक भएकाले यो एसयूभी सबैभन्दा सुरक्षित मानिन्छ । डिस्क ब्रेक प्रणालीले राइडरको लागि नियन्त्रण र ब्रेकिङको स्तरमा ठूलो सुधार ल्याउँछ। सबै प्रकारका सडकमा सवारी साधनलाई नियन्त्रणमा राख्नु जरुरी छ । यसले यात्रा भर स्थिरता र उच्चतम सुरक्षा प्रदान गर्दछ । यस एसयूभीमा हाईलाइन टाइम प्रेसर मनिटरले पाङ्ग्रामा भएको चापको अनुगमन गर्न अनुमति दिन्छ । सवारी साधनको चक्काको नियन्त्रण गुमाउँदा हुने दुर्घटनाबाट पनि सुरक्षाको व्यवस्था छ ।

यो गाडीमा ६ वटा एयरब्याग छ । यसले चालकलाई अतिरिक्त सुरक्षा दिन्छ । यो एसयूभीको मूल्य रु. ५० लाख ९० हजारबाट शुरू हुन्छ । किया सेल्टोस सिरिज ग्राभिटी ग्रे (खैरो), इन्टेन्स रेड (रातो), अरोरा ब्ल्याक पर्ल (कालो), ग्लेसियर ह्वाइट पियर (सेतो) र स्टिल सिल्भर (घ्यू रंग) गरी सात कलर भेरियन्टमा उपलब्ध छ ।

किया सोनेट


किया सोनेटमा अधिकतम १४९३ सीसीको टर्बो पेट्रोल इन्जिन छ । यसमा ६ स्पिड आईएमटी छ। यसमा १८.४ किलोमिटर प्रतिलिटरको माइलेज र ११८.३६ बीएचपी छ । ५ सिट क्षमताको किया सोनेट विभिन्न ६ भेरियन्टमा उपलब्ध छन् । ती एचटीई, एटीएक्स, एचटीएक्स प्लस एटी, जीटीएक्स प्लस र डिजेल हुन् ।

सनरुफ र वायरलेस फोन चार्जर, टचस्क्रिन, फ्रन्ट भेन्टिलेटेड सिट, भाइरस सुरक्षासहित स्मार्ट एयर प्युरिफायर, मल्टी ड्राइभ मोड, ट््य्राक्सन मोड, एमटी रिमोट इन्जिन स्टार्टलगायतका प्राविधिक फिचरका साथ सोनेट एसयूभीले पक्की र कच्ची सडक दुवैमा आरमदायी तथा सुखद यात्राको अनुभव दिन्छ ।

इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन सहितको एन्टी लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट लगायतका फिचर पनि यसमा छन्, जसले कियालाई सबै प्रकारको सडकमा कुदाउन मिल्ने बनाएको छ । किया सोनेटमा ६ वटासम्म एयरब्याज हुन्छ । नेपाली बजारमा यसको मूल्य रु. ३७ लाख ९० हजार रुपैयाँबाट सुरु हुन्छ । आकर्षक डिजाइनको सोनेट एसयूभी सिरिज आठवटा सुन्दर रंगमा उपलब्ध छन् ।

सोरेन्टो हाइब्रिड


सोरेन्टो हाइब्रिडमा चार सिलिन्डर भएको १.६ लिटर टर्बोचाज्र्ड इन्जिन, हाइब्रिड प्रणाली र ६ स्पिड स्वचालित ट्रान्समिसन छ । किया सोरेन्टोलाई यसमा सुसज्जित भएको रिजेनेरेटिभ ब्रेकिङ सिस्टम मार्फत एक हजार किलोमिटरभन्दा टाढासम्म पनि सजिलै चलाउनु मिल्छ । यस नयाँ प्रविधिले गर्दा यात्राभर चार्जिङ स्टेसनको आवश्यकता पर्दैन ।

गाडी गुडिरहँदा ब्याट्री आफैं रिचार्ज हुन्छ । हाइब्रिडमा फ्रन्ट ह्विल ड्राइभको विकल्पका रूपमा अल ह्विल ड्राइभ छ । स्पोर्ट, इको, स्मार्ट, स्यान्ड, मड र स्नो लगायतका ड्राइभ मोडहरू सोरेन्टो हाइब्रिडमा उपलब्द छ । यसले चालकलाई विभिन्न किसिमका सडकमा अनुकूलनका लागि सहज बनाउँछ ।

हाइब्रिड एसयूभीमा एडाप्टिभ क्रुज कन्ट्रोल, चालकलाई निद्रा लागेको निगरानी गर्ने सुविधा, रियर भिउ क्यामरा, पार्किङ सेन्सर, ब्लाइन्ड स्पट निगरानी, लेन असिस्ट, लेन डिपार्चर चेतावनी, अर्को गाडीसँग ठोक्क्नि लागेको खण्डमा चेतावनी, फर्वार्ड र रिभर्स अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, भेन्टिलेसनयुक्त तातोचिसो हुने विद्युतीय सीट लगायतले यसलाई उत्कृष्ट बनाएको छ ।
नेपाली बजारमा किया सोरेन्टो हाइब्रिडको मूल्य रु. १ करोड ७९ लाख ९० हजार रुपैयाँबाट शुरू हुन्छ । किया सोरेन्टो हाइब्रिड रातो, नीलो, सेतो, कालो र खैरो गरी पाँचवटा कलर भेरियन्टमा उपलब्ध छ ।

Advertisement

Advertisement