फेरि देउवालाई नै प्रधानमन्त्री बनाउने खेलमा विश्वासपात्रहरु, जनतामा थप निराशा बढ्ने

Advertisement

काठमाडौं । पटक पटक असफल भइसकेका शेरबहादुर देउवालाई फेरि प्रधानमन्त्री बनाएर समय बर्बाद बनाउन नहुने चर्को आवाज उठे पनि फेरि उनैलाई प्रधानमन्त्री बनाउन उनका विश्वासपात्रहरु सक्रिय भएका छन् । 

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेता विमलेन्द्र निधि देउवालाई बनाउन सक्रिय भएका हुन् । कांग्रेसबाट प्रधानमन्त्री हुने हो भने नयाँ अनुहार आउनुपर्ने जनमत रहे पनि त्यसलाई उपेक्षा गर्दै फेरि देउवालाई प्रधानमन्त्री बनाउने देलले जनतामा थप निराशा र आक्रोस बढ्ने देखिएको छ । 

Advertisement

बिहीबार एक कार्यक्रममा नेता खड्काले काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताए । उनले देउवाको नेतृत्वमा कांंग्रेस र सत्तारुढ गठबन्धन चुनावमा गएको भन्दै देउवाले चाहदासम्म दायाबाया नहुने बताए ।

खड्काले भने, ‘सीधा कुरा छ, नेपाली कांग्रेसका सभापति, प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा हामी निर्वाचनमा होमिएका छौं । सत्ता गठबन्धन होमिएको छ । विशेषगरी कांग्रेस पार्टी उहाँकै नेतृत्वमा अगाडि बढेको छ । सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताको चाहना राख्ने कुरा अगाडि आएपछि त्यसमा अहिलेको बेलामा धेरै दायाँ बायाँ कुरा गरिराख्नुपर्छ जस्तो मलाई लाग्दैन् ।’

त्यस्तै, लामो विवादपछि भएको मतगणनाबाट मुस्किलले चुनाव जितेका मन्त्री कार्कीले फेरि शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने बताए । चुनाव जितेपछि उनले कांग्रेस नेतृत्वकै गठबन्धनको सरकार बन्ने र शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताएका हुन् ।

आजै कांग्रेस नेता विमलेन्द्र निधिले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई देउवासँग भेटाएर उनलाई सरकारमा ल्याउने सहमत गराएका छन् । चुनावमा प्रत्यक्षतर्फ उनले एक सिट जिते पनि समानुपातिकबाट केही सिट हासिल गर्ने तयारीमा छन् । 

यो पनि पढ्नुहोस्ः

फ्रिक्वेन्सी देखाएर हेलो नेपालको व्यापार, एनसेलको एकाधिकार

Advertisement

Advertisement