फुटबल बादशाह ब्राजिलको विश्वकप यात्रामा यो पटक पूर्णविराम, क्रोयसिया सेमिफाइनलमा

Advertisement

काठमाडौं । पाँच पटकको विश्वकप विजेता ब्राजिललाई पेनाल्टी सुटहाउटमा हराउँदै क्रोयसिया कतार विश्वकप फुटबल २०२२ को सेमिफाइलमा प्रवेश गर्ने पहिलो टिम भएको छ । 

शुक्रबार राति भएको खेलमा खेलमा निर्धारित समयमा कुनै पनि गोल गर्न नसकेका दुवै टिमले अतिरिक्त समयमा एक–एक गा्ेल गरेपछि पेनाल्टीसुटआउटबाट विजेता छनौट गरिएको हो । 

Advertisement

पेनाल्टी सुटआउटमा दुई वटा गोल क्रोयसियाको गोलकिपरले रोकेका थिए भने एउटा पोलमा ठोक्किएर फर्किएपछि क्रोयसिया सेमिफाइनलमा प्रवेश गर्न सफल भयो । पेनाल्टीमा क्रोयसियाले ४–२ को अन्तरमा विजयी भएको हो । 

अतिरिक्त समयमा ब्राजिलका नेयमारले एक गोल र क्रोयसियाका ब्रुनो पाट्रोभिकले एक गोल गरेर बराबरी खेलेका थिए । पराजित भएपछि क्रोयसियाका समर्थकहरुको खुशीयाली देखिन्थ्यो भने ब्राजिलका खेलाडी र समर्थकहरु दुखित देखिन्थे । 

क्रोएसियाले अब अर्जेन्टिना र नेदरल्याण्ड्सबीच हुने दोस्रो क्वाटरफाइनलको विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । आजको खेलमा पनि क्रोयसियाका गोलकिपर लिभाकोभिच नायक बनेका छन् । 

ब्राजिलको आक्रामक खेलका क्रममा पटक पटक गोल हुनबाट जोगाएका उनको पेनाल्टी सुटआउटमा निर्णायक भूमिका रह्यो । सुरुमै आक्रमक खेलमार्फत गोल गरेर अग्रता लिन खोजेको ब्राजिललाई क्रोयसियाको डिफेन्सले कडा प्रतिवाद गर्न सफल भएको थियो । 

Advertisement

Advertisement