समानुपातिक साँसदहरुको नाम टुंग्याएर आजै आयोगमा बुझाउन दलका नेताहरु दौडधुपमा

Advertisement

काठमाडौं । प्रतिनिधिसभामा छनोट हुने समानुपातिक उम्मेदवारहरुको नाम टुंग्याउन राष्ट्रिय मान्यता प्राप्त दलका नेताहरु दौडधुपमा लागेका छन् । 

सबै दलहरु अहिले छलफलमा जुटेका छन् । निर्वाचन आयोगले समानुपातिक सांसदको नाम बुझाउनका लागि शनिबार ४ बजेसम्मको समय दिएकाले उनीहरु धौडधुप चलेको हो । समानुपातिक कोटाका अधिकांश महिला जानेभएपछि पुरुष प्रतिनिधिहरु छनौट गर्न नेताहरुलाई निकै सकस परेको छ । 

Advertisement

समानुपातिक निर्वाचनको मतपरिणाम आएसँगै कुन पार्टीले कति सिट पाउने भन्ने टुंगो लागिसकेको छ । चुनावअघि आयोगलाई बुझाएको बन्द सूचीबाट दलहरुले आयोगबाट तोकिएबमोजिमको क्लष्टर छुट्टाएर नाम छनोट गर्नुपर्ने छ । 

समानुपातिकमा सबैभन्दा बढी एमालेले ३४ सिट पाएको छ भने कांग्रेसलाई ३२ सिट, नेकपा माओवादी केन्द्रले १४, राष्टिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जसपाले ५, जनमत पार्टीले ५ सिट जितेका छन् ।

अहिले कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ भने एमालेको सचिवालय बैठक पनि बसिरहेको छ । माओवादीले भने हिजो नै बैठक राखेर छलफल गरे पनि विवादित नाम टुंग्याउन सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै जिम्मा दिइएको छ । 

नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी र राजसंस्था पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि अझै नाम नटुंगिएकाले उनीहरुको बैठक पनि जारी छ । जनमत पार्टीले भने समानुपातिकको नाम टुंग्याइसकेको छ ।

Advertisement

Advertisement