आइडिया स्टुडियोले गर्यो विभिन्न प्रोडक्टको लन्च, के के छन् विशेषता ?

Advertisement

काठमाडौं । आइडिया स्टुडियोले आफ्नो विभिन्न सिजनका आइडियटरले तयार पारेका प्रोडक्टहरु लन्च गरेको छ । आइतबार कार्यक्रम आयोजना गरी सो संस्थाले उनीहरुका आइडियाहरु लन्च गरेको हो । 

तीस जना सहभागी उक्त कार्यक्रममा नेपाल स्यसु चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिजका सुशील थापा, ग्लोबल कलेज अफ टुरिजम एण्ड हस्पिटालिटि एजुकेशन (गेट)का खेम लेकाई, कर्पोरेट ट्रेनर, ब्राण्ड स्ट्राटेजिष्ट मान्सी अग्रवाल अथितिको रुपमा सहभागी थिए । 

Advertisement

कार्यक्रममा आईडिया स्टुडियो सिजन फाइभका आइडियटर डा. भीम काफ्लेको उत्पादन ‘न्यानो प्याड’ कलेज आइडिया हन्ट २०२२ का विजेता प्रशन्न स्याउला र प्रज्वल जोशीको उत्पादन ‘वि फर नेचर’ कलेज आइडिया हन्ट २०२२ का विजेता अनिस गिरि, नारायण थापा मगर, देवीकुमारी गिरि, यामनाथ गिरिको उत्पादन ‘बायो ग्रिन्स’को लन्च गरिएको थियो ।

न्यानो प्याड जुनसुकै बेला जहाँ पनि प्रयोग गर्न सकिने सामग्री भएको बताउँदै आइडिया स्टुडियोले यसलाई एक पटक उमालेको पानीले चार्ज गरेपछि प्रयोगकर्ताले यसको सुविधा लिनसक्ने जनाएको छ । न्यानो प्याड सक्रिय भएपछि ३० मिनेटसम्म न्यानो रहने जनाइएको छ । 

जाडोको समयमा घर वरिपरिका लागि तथा बिरामीहरुको लागि तत्काल तातो उपचार गराउन यो धेरै मूल्यवान हुने आयोजकको दावी छ । सामान्य तरकारी र जडिबुटी बढ्न हप्तौ वा महिनौ लाग्नेमा बायो ग्रिन्सको उत्पादन एक हप्तादेखि १० दिनभित्र काट्न वा खान सकिने आइडिया स्टुडियोले जनाएको छ । साथै, माइक्रोग्रिनमा सामान्य तरिकाले उत्पादन भएका तरकारी र जडिबुटीको तुलनामा ४०–४५ गुणा बढी एन्टी अक्सिडेन्ट, पोलिफेनोल र आठ गुणा बढी सुक्ष्म पोषक तत्व हुने दावी गरिएको छ । 

वि फर नेचरले मानिसहरुले दैनिक जीवनमा प्रयोग नगरेका र फोहोरको रुपमा गनिएका कपडा तथा अन्य वस्तुहरुःचप्पल, टोट ब्याग, ह्याण्ड क्यारी, कुसन कभर, बेड सिट, आदिमा अपसाइकल गरेर नयाँ सामग्रीमा परिणत गरिन्छ । वि फर नेचरको उद्देश्य वातावरणमैत्री दिगो उत्पादन गर्नु रहेको संस्थाको भनाई छ । 

Advertisement

Advertisement