मुक्तिनाथ विकास बैंकले घोषणा गर्यो लाभांश

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको शनिबार बसेको संचालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ मुनाफाबाट हाल कायम चुक्ता पुजीँको १४ दशमलव २१ प्रतिशत (बोनस शेयरको करसहित) लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी १६ औं वार्षिक साधारणसभाबाट परित हुनेछ । मुक्तिनाथ विकास बैंकको चुक्ता पुँजी पाँच अर्ब ६५ करोड ७१ लाख ८० हजार ८५६ रुपियाँ रहेको छ । 

Advertisement

बैंकले बोनस शेयर १३ दशमलव पाँच प्रतिशत र नगद लाभांश शुन्य दशमलब ७१ प्रतिशत दिने निर्णय गरेको बैंकका कम्पनी सचिव डण्डपानी ढकालले जानकारी दिए ।

Advertisement

Advertisement