समानुपातिक साँसदहरुले पाए प्रमाणपत्र, महिलाहरुको भीडमा पुरुष नगन्य

Advertisement

काठमाडौं । निर्वाचन आयोगले हालैको संसदीय निर्वाचनमा समानुपातिक तर्फबाट निर्वाचित सांसदहरुलाई आइतबार प्रमाणपत्र वितरण गरेको छ । 

आयोगको केन्द्रीय कार्यालयमा प्रतिनिधिसभा र स्थानीयस्तरमा प्रदेशसभाका सांसदलाई प्रमाणपत्र दिइएको हो । उनीहरुलाई निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले प्रमाणपत्र प्रदान गरे भने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले खादा लगाएर बधाई दिएका थिए । 

Advertisement

मंसिर ४ को निर्वाचनमा प्रतिनिधिसभामा ११० जना सामानुपातिकतर्फ निर्वाचित भएका थिए । प्रमाणपत्र वितरणका क्रममा महिलाहरुको संख्या उल्लेख्य हुँदा प्रमाणपत्र पाउने पुरुषहरुको संख्या नगन्य देखिन्थ्यो । 

Advertisement

Advertisement