भोड्का ब्रान्ड 'स्मिरनफ'को उत्पादन अब नेपालमै

Advertisement

काठमाडौं । विश्व प्रसिद्ध ‘स्मिरनफ भोड्का’ नेपाल मै उत्पादन हुने भएको छ । विश्वकै नम्बर १ भोड्का हालसालै एक कार्यक्रम माझ नेपालको अग्रणी पेय उत्पादक, नेपाल लिकर्स प्रालिद्वारा सार्वजनिक गरिएको हो । 

कम्पनीका अध्यक्ष राजेश वीर सिंह तुलाधरका अनुसार तीन पटक डिस्टिल र दश पटक फिल्टर गरिएको सो भोड्का नेपालमै उत्पादन सुरु भएर बजारीकरण हुँदैछ । विराटनगरस्थित कारखानामा स्मिरनफको उत्पादन हुने भएको हो । स्मिरनफ नेपालका लागि ब्राण्ड एम्ब्यासडरको भूमिकामा सुरज सिंह ठकुरी रहेका छन् । 

Advertisement

नेपाल लिकर्सले आफ्नो स्वामित्वमा विभिन्न पेयहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ, जस्तै एन्टिक्यटुी ब्लूव्हिस्की, सिग्नेचर प्रिमियर÷रेयर व्हिस्की, मिस्टर डोवेल नम्बर १ लक्जरी व्हिस्की, ब्लूरिब्यान्ड जिन,आदि । यो पटक भने संसारकै नम्बर एक भोड्का स्मिरनफको उत्पादन र वितरण प्रारम्भ गरेको हो । 

विश्वका करिब १३० भन्दा बढी राष्ट्रहरूमा विक्री हुने स्मिरनफ भोड्का नेपालमा ७५०, ३७५, र १८० मिलि क्रमश रू. २,२००, १,१०० र ५५० मूल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। 


 

Advertisement

Advertisement