खुमलटारबाट सरकारी निवास बालुवाटार सरे प्रधानमन्त्री दाहाल

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवासमा सरेका छन् । ललितपुरको खुमलटारस्थित निजी निवासबाट उनी आज साँझ सरकारी निवास सरेका हुन् । 

अध्यक्ष दाहाल आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए । 

Advertisement

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आजै बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका छन् । 

Advertisement

Advertisement