‘मेलम्चीको पानी खान पाइएन’ भन्दै ज्ञापनपत्र, समस्या समाधान नभए ठेकेदारको घर घेरिने

Advertisement

काठमाडौं । कोटेश्वरको महादेव स्थानमा मेलम्चीको खानेपानी पाइपलाइनमा नआएको भन्दै स्थानीयले मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयमा ज्ञापनपत्र बुझाएका छन् । 

सोमवार उनीहरुले अरु क्षेत्रमा मेलम्चीको नयाँ लाइनमार्फत आएको पानी बढी भएर खेर जाँदा समेत कोटेश्वर महादेवस्थान क्षेत्रमा पाइपलाइनबाट हाइटमा नचढ्दा घर–घरमा पानी नपुगेको भन्दै ज्ञापनपत्र बुझाएका हुन् । स्थानीयले बारम्बार जानकारी गराउँदासमेत अझै पानीको पाइपबाट आफूहरुको घरहरुमा पानी पुर्याउन निर्देशनालयले नसकेको बताए । 

Advertisement

कोटेश्वर महादेवस्थानका स्थानीय गोविन्दराज पन्तले मेलम्चीको पानी चारैतिर बढी भएर फाल्दा समेत कोटेश्वर हाइटमा पानी नचढेको भन्दै समस्याको समाधानको लागि निर्देशनालयलाई ध्यानाकर्षणको गराएको बताए । उनले खानेपानीको समस्या समाधान नभए ठेकेदारको समेत घर घेर्ने चेतावनी दिए । 

पन्तले निर्देशनालयले चार दिनभित्र पानी नपुगेको घरहरुमा पानी पुर्याउने प्रतिवद्धता जनाएको पनि बताए । उनले आयोजनाको पाइपमा पानी नचढे स्थानीयहरुले पाइप दिने बताए । 

निर्देशनालयका प्रोजेक्ट डाइरेक्टर राजेन्द्र सापकोटाले कोटेश्वर हाइट क्षेत्रमा जोडिएको सिस्टमले हाइटमा पानी नपुग्ने भएकाले नयाँ पाइपलाइन बनाएको बताए । उनले पुरानो लाइनमा नयाँ पाइपबाट पानी पठाए पनि हाइटमा र टाढा भएको घरमा पानी पुग्न नसक्ने बताउँदै हाइडोलिङ बिग्रिने भएकाले तत्काल पाइपमा पानी पठाउन नसकिएको बताए । 

Advertisement

Advertisement