राष्ट्रिय सहकारी बैंकमा नयाँ सञ्चालक समिति, अध्यक्षमा पुनः केबी उप्रेती

Advertisement

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको सोमबार सम्पन्न १९औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयन गरेको छ । 

आगामी ४ वर्षे कार्यकालका लागि साधारण सभाले केबी उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति र लक्ष्मीप्रसाद उप्रेतीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरेको निर्वाचन उप-समितिका संयोजक सुमन पौडेलले बताए ।  

Advertisement

सञ्चालक समिति सदस्यमा प्रदेश नम्बर-१, बाट महेन्द्र कुमार गिरी, मधेस प्रदेशबाट विश्वनाथ मण्डल, बागमती प्रदेशबाट रामहरि बजगाईँ, गण्डकी प्रदेशबाट राम बहादुर जीसी, कर्णाली प्रदेशबाट काली बहादुर महतारा, लुम्बिनी प्रदेशबाट विजया धिताल र सुदूरपश्चिम प्रदेशबाट शिवा थापा चयन हुनु भएको छ । त्यसैगरी खुल्ला सञ्चालक सदस्यमा केदार मानन्धर, माधवलाल देवकोटा, ध्रुवराज विष्ट, मनोजकुमार थापामगर चयन भएका छन् । बैंकको महिला सञ्चालकहरूमा अमृता सुब्बा, तारा गुरुङ र पार्वती थापा चयन भएका हुन् । 

लेखा सुपरिवेक्षण समिति सदस्यहरूमा केशव प्रसाद सापकोटा र चन्द्रकुमारी पराजुली चयन भएका छन् । 

खुल्ला सञ्चालकहरू केदार मानन्धर, मनोजकुमार थापा मगर, माधवलाल देवकोटा र ध्रुव राज विष्ट, लेखा सुपरिवेक्षण समिति सदस्यतर्फ खुल्लामा केशवप्रसाद सापकोटा र महिला कोटामा चन्द्रकुमारी पराजुली निर्वाचित र कर्णाली प्रदेश सञ्चालकमा कालीबहादुर महतारा शनिवार भएको निर्वाचनबाट निर्वाचित भएका हुन् भने अध्यक्ष उप्रेती, लेखा सुपरिवेक्षण समितिका संयोजक सहित अन्य सञ्चालकहरू सर्वसम्मत निर्वाचित भएका थिए । 

बैंकले सोमबार आयोजना गरेको एकाइ प्रतिनिधिहरूको निर्णय प्रमाणित गर्ने सभा (केन्द्रीय) समापन समारोहमा नवनिर्वाचित सञ्चालक समिति तथा लेखासुपरीवेक्षण समिति सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । निर्वाचन उपसमितिका संयोजक सुमन पौडेलले नवनिर्वाचित सञ्चालक समिति तथा लेखासुपरीवेक्षण समितिका सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउनुको साथै प्रमाणपत्र वितरण गरेका थिए । 

कार्यक्रममा बैंकका सल्लाहकार तथा पूर्व मन्त्री केशवप्रसाद बडाल सल्लाहकार तथा पूर्व मन्त्री दीपक प्रकाश बाँस्कोटा, सल्लाहकारहरू कमल चौलागाई, राधा घले, राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष तथा बैंकको लेखा सुपरिवेक्षण समितिका नि–वर्तमान सदस्य मित्रराज दवाडी सहकारी विभागका रजिस्ट्रार रुद्र प्रसाद पण्डित, पूर्व सञ्चालक डिल्ली तिवारी, सुर्यविनायक नगरपालिकाकी उपमेयर तथा बैंकको पूर्व सञ्चालक सरिता भट्टराई, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका पूर्व अध्यक्ष ऋषिराज घिमिरे लगायतले नवनिर्वाचित सञ्चालक समिति तथा लेखासुपरीवेक्षण समितिलाई बधाई तथा शुभकामना दिएका थिए । 
 

Advertisement

Advertisement