नेपालमा खुल्यो  पानासोनिक लाइफ सोलुसन्सको अन्तराष्ट्रियस्तर शोरुम

Advertisement

काठमाडौं । पानासोनिक लाइफ सोलुसन्स इण्डिया प्रालिले नेपालमा पनि आफ्नो पहिलो अन्तराष्ट्रियस्तरको इन्टेरियर सोलुसनको शोरुम स्थापना गरेको छ । 

कम्पनीले नेपालस्थित आधिकारिक बिक्रेता रुक्मिणी इन्टरनेशनसँगको सहकार्यमा टेकुको तारा भवनमा २१ औ शोरुमको बिहीबार उद्घाटन गरेको हो । पानासोनिक लाइफ सोलुसन्स इण्डियाले सन् २०२३ भित्र दक्षिण एसियाली मुलुक सार्क क्षेत्रमा ३१ शोरुम संचालनमा ल्याउने लक्ष्य लिएको छ ।

Advertisement

पानासोनिक सोलुसन्स इण्डिया भारतमा विद्युतीय निर्माण सामग्री(इसिएम) को सबैभन्दा ठूलो घरेलु उत्पादकमध्ये एक हो । इसिएमबाहेक कम्पनीले भारतमा विभिन्न प्रकारका स्मार्ट इलेक्ट्रोनिक्स, पावर, हाउसिङ, इनर्जी र होम अटोमेसन सोलुसनमा पनि काम गर्दै आएको छ । 

अत्याधुनिक उत्पादन डिजाइनसाथ शोरुमले उच्चस्तरीय पानासोनिक उत्पादनहरु जस्तै मोड्युलर किचेन, वार्डरोब, इलेक्ट्रोनिक ट्वाइलेट सिट(इएसटी), लुगा सुकाउने प्रविधि, रिभोल्भिङ सुज ¥याकलगायतका हाउजिङ सोलुसनको सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । 

हरेक क्षेत्रमा नयाँ नयाँ प्रविधिप्रति उपभोक्ताको आकर्षण बढ्दोक्रममा रहेको र नेपालमा पनि प्रविधिप्रति उपभोक्ताको वढ्दो आकर्षणलाई मध्यनजर गर्दै सोरुम संचालनमा ल्याएको कम्पनीको भनाइ छ । कम्पनीले प्रारम्भिक चरणमा सहरी उपभोक्तालाई नवीन आवास समाधान प्रदान गर्ने लक्ष्य लिएको छ । पानासोनिक लाइफ सोलुसन्सको विश्वव्यापी विशेषज्ञताले काठमाडौंका रियलस्टेट व्यवसायी, आर्किटेक्ट, इन्टेरियर डिजाइनर र उपभोक्तालाई परिस्कृत सुरक्षा, आराम र सुविधाको अनुपम अनुभव प्रदान गर्ने उत्प्रेरकका रूपमा काम गर्ने कम्पनीको दाबी छ । 

पानासोनिक लाइफ सोलुसन्स इण्डियाको साझेदार नेपालस्थित रुक्मणी इन्टरनेशनलका आदित्य बुधियाले भने ‘रुक्मिणी इन्टरनेशनल पानासोनिक लाइफ सोलुसन्स इण्डियाको नयाँ साझेदारीबाट निकै उत्साहित छ । प्यानासोनिक लक्जरी किचेन्स एसियाली आवासका लागि निकै उपयोगी छन्, जसले राम्रो डिजाइन गरिएका गुणस्तरीय किचनमा कार्यक्षमता खोज्ने ग्राहकको माग पूरा गर्नेछ । हामी यसका ब्रान्डका लागि ठूलो अपेक्षासाथ आएका छौं ।’
 

Advertisement

Advertisement