राप्रपाबाट लिङदेन, प्रधान र पाण्डे मन्त्री, 'धेरैको असहमतिका बीच पनि अग्निपरीक्षामा होमिएँ’

Advertisement

काठमाडौं । राजनीतिक हिसावले फरक एजेण्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सो पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, ध्रुवबहादुर प्रधान र विक्रम पाण्डे मन्त्री हुने भएका छन् । सो पार्टीले तीन मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भइसकेको छ । 

राप्रपालाई पुनस्थापित महत्वपूर्ण भूमिका खेलेका लिङ्देन उपप्रधानमन्त्री र उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री हुने भएका छन् भने प्रधान कानुनमन्त्री र विक्रम पाण्डे शहरी विकास मन्त्री हुने भएका छन् । राज्यमन्त्री को हुने ? अझै टुंगो लागिनसकेको सो पार्टीले जनाएको छ । 

Advertisement

उपप्रधानसहित उर्जामन्त्रीको सपथ लिने तयारीमा रहेका लिङदेनले धेरैको असहमतिका बीच पनि आफू सरकारमा सहभागी भएर मन्त्री हुन लागेको बताउँदै यो आफ्नो लागि अग्नी परीक्षा भएको प्रतिक्रिया दिएका छन् । 

सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै भनेका छन्, ‘आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्निपरीक्षामा होमिने निर्णयमा पुगें । जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो । प्रिय जनहरू, असम्भव जस्तो लागे पनि म खरो उत्रनेछु ! धैर्यता र सहयोगका लागि अपिल गर्दछु !’

Advertisement

Advertisement