एमालेले बाँकी चार मन्त्री टुंग्यायो, कसलाई कुन मन्त्रालय ?

Advertisement

काठमाडौं । सत्तारुढ नेकपा एमालेको भागमा परेका आठ मन्त्रालयमध्ये बाँकी चार मन्त्रीको नाम सो पार्टीले टुंग्याएको छ । थपिएका मन्त्रीमा दुई जना महिला छन् । 

एमालेले यसअघि विष्णु पौडेललाई उपप्रधानमन्त्री तथा अर्थमन्त्री र अरु तीन मन्त्रीलाई विना विभागीय मन्त्री बनाएर सरकारमा पठाइसकेको छ । एमालेले आफ्नो भागमा परेका मन्त्रालयमध्ये परराष्ट्रमन्त्री विमला राई पौड्याललाई र रक्षामन्त्री हरि उप्रेतीलाई बनाउने निर्णय गरेको छ । 

Advertisement

नयाँ मन्त्रीमा भगवती चौधरी र पदम गिरि थपिएका छन् । बाँकी मन्त्रीलाई कुन मन्त्रालय दिने ? भन्नेमा सो पार्टीमा अझै सहमति हुन नसकेको छैन् । मन्त्रालय टुंग्याउन अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल जारी छ । 

Advertisement

Advertisement