अहिले नै सीमा विवादबारे बोल्नु हतार हुन्छः नयाँ परराष्ट्रमन्त्री

Advertisement

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री विमला राई पौडेलले परराष्ट्र मन्त्रालयले जनतामा पुर्याउने सेवा र सुविधालाई सहज बनाउने कुरा आफूले पहिलो प्राथमिकतामा राखेको बताएकी छन् । 

मंगलवार परराष्ट्रमन्त्रीको शपथग्रहणपछि मन्त्रालयमा पदभार सम्हाल्दै उनले जनतामा परराष्ट्र मन्त्रालयले पुर्याउने सेवा र सुविधालाई सहज बनाउन पहिलो प्राथमिकता दिने बताए । परराष्ट्र मन्त्री भएर परराष्ट्र मन्त्रालयबाट जनतामा प्रवाह हुने सेवाको प्रवाहलाई प्रभावकारी तुल्याउने, विदेशी कुटनीतिक नियोगहरुसँगको सहकार्य र नेपालका विभिन्न देशमा रहेका दूतावासहरुमा नेपालीहरुको सहस पहुँच बनाउने तीन प्राथमिकता रहेको राईले बताइन् । 

Advertisement

उनले परराष्ट्र मन्त्रालयबाट जनतामा प्रवाह हुने सेवाको प्रवाहलाई प्रभावकारी तुल्याउने आफ्नो पहिलो प्राथमिकता रहेको बताइन् । राईले नेपालको हीतमा सम्झौता नगरिकन आफूले विदेशी कुटनीतिक नियोगहरुसँग समन्वय गर्ने बतायन् । उनले नेपालको परराष्ट्र नीतिलाई स्थिर बनाउन आफूले प्रयास गर्ने पनि बताइन् । 

मन्त्री राईले नेपालको दूतावासमा नेपाली जाँदा घरजस्तो फिल गर्नुपर्ने भन्दै नेपालीहरु बाहिर जाँदा नेपालको एम्बेसीभित्र छिर्दा घर महशुस हुने वातावरण बनाउने बतायन् । 

Advertisement

Advertisement