सत्तापक्षबाटै सभामुखका दुई उम्मेदवार

Advertisement

काठमाडौं । सत्तापक्षबाटै सभामुखका लागि दुई जनाले उम्मेदवारी दिएका छन् । नेकपा एमालेबाट देवराज घिमिरे र नेपाली कांग्रेसबाट ईश्वरी न्यौपानेले उम्मेदवारी दिएका हुन् । 

कांग्रेस र एमाले दुवै सत्तापक्षीय दल हुन् । सरकारमा सहकारी नभएकाले आफू विपक्षी दल भएको कांग्रेसले जिकिर गर्दै आएको छ । अहिले संसदमा राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका दुई साँसद मात्रै खाल विपक्षी दलको रुपमा रहेका छन् प्रमुख प्रतिपक्षी दल भने कुनै पनि छैन् । 

Advertisement

नयाँ बानेश्वारस्थित संसद भवनमा पुगेर घिमिरे र न्यौपानेले बुधबार सभामुखमा उम्मेदवारी दर्ता गराए । घिमिरेको प्रस्तावकमा एमालेका सुवास नेम्वाङ र समर्थनमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष तथा उपप्रधान एवम् उर्जामन्त्री राजेन्द्र लिङ्देन रहेका छन् भने न्यौपानेको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा एसका प्रकाश ज्वाला छन् ।

घिमिरेलाई सरकारमा सहभागी माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलको समर्थन रहेको छ । भने  न्यौपानेलाई माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गरेको छ।

Advertisement

Advertisement