राष्ट्रपति कांग्रेसलाई दिने कि एमालेलाई ? अलमलमा दाहाल, ‘राष्ट्रिय सहमति खोज्ने कोशिस जारी’

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने कोशिस जारी राख्ने बताएका छन् । नेकपा एमालेसँग गठवन्धन गर्ने क्रममा एमालेलाई राष्ट्रपति दिन तयार भएका उनी अहिले भने अलमलमा देखिएका हुन् । 

बिहीवार सभामुख चुनावपछि संसद बाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै दाहालले समय बाँकी रहेकोले राष्ट्रपतिबारे समझदारी गर्ने कोशिस जारी राख्ने बताए । उनले सत्ता साझेदार र आफूले सकेसम्म राष्ट्रपतिका बारेमा समझदारी बनाउन कोशिस गरिरहेको पनि बताए । 

Advertisement

दाहालले उपसभामुखको निर्वाचनमा पनि आजकै प्रक्रिया अनुसार सत्ता गठबन्धन अगाडि बढ्ने बताए । उनले भने, ‘आज सभामुखको निर्वाचन भयो । सबै कुरा थाहा पाउनुभयो । हामी सत्ता साझेदार दलहरु सबै एक ठाउँमा उभियौं । प्रमुख प्रतिपक्षले पनि उम्मेदवार उठायो । प्रतिष्पर्धा भयो । बहुमतले सभामुख निर्वाचित भएको घोषणा भयो । भोली उपसभामुखको निर्वाचन हुन्छ । आजकै प्रक्रियामा हुन्छ । राष्ट्रपतिको कुरा बाँकी रहेको छ । हामी सत्ता साझेदार र मैले पनि सकेसम्म कुनै समझदारी बनिदिए हुने थियो भन्ने कोशिस छ । हामी त्यो कोशिस जारी राख्छौं ।’

उनले सत्ता साझेदार दलहरु सबै एक ठाउँमा उभिएको बताए । दाहालले सत्तासाझेदार दलहरु एक ठाउँमा उभिएकाले बहुमतले सभामुख निर्वाचित भएको प्रतिक्रिया दिए । 

Advertisement

Advertisement