राज्यका निकायलाई निरीह बनाइएकाले प्रतिफल आउन ढिलो भएको होः गृहमन्त्री लामिछाने

Advertisement

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्यका निकायहरुलाई निरिह बनाइएकाले आफूले गरेका कामहरुको प्रतिफल आउन समय लाग्ने बताएका छन् । 

बिहीवार प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा अभियुक्तलाई समात्न सक्नुभएन भन्ने आरोप लागेको छ, यसमा के भन्नुहुन्छ ? भन्ने प्रश्नमा उनले आफूले पनि देखेको तर सभामुखको रुलिङ नभएका कारण नसमातेको बताए । लामिछानेले गलत काम गर्नेलाई कारबाही गर्न पछि नहट्ने बताए । 

Advertisement

उनले भने, ‘नदेख्ने भन्ने कुरा नै हुँदैन । तर सभामुखबाट रुलिङ हुनुपर्छ । मैले भनिसकेको छु । राज्यका निकायहरुलाई निरिह बनाइएको छ । नतिजा आउन समय लाग्छ । हेर्दै जानुहोला, नतिजा आउनेछ । गलत काम गरेका मानिसहरु कोही पनि बाँकी रहँदैन । केही समयका लागि लुक्ने भाग्ने होला तर हामी समातेरै छोड्छौँ ।’ 

म्यानपावरमा संलग्न व्यक्तिलाई मन्त्री बनाइएको आरोप लागेको विषय सोध्दा उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल त्यसमा संलग्न भएको भए कुन म्यानपावरमा हो ? जानकारी दिन आग्रह गरे । श्रममन्त्री अर्याल मन्त्रीमा नियुक्त भएसँगै म्यानपावरमा संलग्न रहेको केहीले आरोप लगाएका थिए । लामिछानेले त्यस्तो संलग्नता भएको पाए खबर गर्न र संलग्न पाए आफैँ पहिलो कारबाही गर्ने बताए ।

Advertisement

Advertisement