कांग्रेसलाई ओलीको जवाफ– सरकारलाई थितिमा बाँध्ने कुरालाई पिंजडा देख्नु अशुभ संकेत हो

Advertisement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीले उम्मेदवारी दिने उल्लेख गर्दै त्यसैमा राष्ट्रिय सहमती हुनुपर्ने अडान राखेका छन् । ओलीले सत्तारुढ दलहरुबीच आफ्नो पार्टीबाट राष्ट्रपतिको उम्मेदवार उठाउने सहमती भएको समेत स्पष्ट पारे । 

सभामुखमा देवराज घिमिरे निर्वाचित भएलगत्तै संसद भवन परिसरमा बोल्ने क्रममा उनले आफ्नो पार्टीले उठाउने राष्ट्रपतिको उम्मेदवारबारे भने पछि भन्ने प्रतिक्रिया दिए । उनले भने, ‘एकदमै राष्ट्रिय सहमती हुनुपर्छ राष्ट्रपतिमा । नेकपा एमालेले उम्मेदवार उठाउँछ । हाम्रो सहमती त्यही हो । यसमा राष्ट्रिय सहमती हुनुपर्छ । एमालेको राष्ट्रपतिको उम्मेदवारबारे पछि भनौला ।’

Advertisement

ओलीले सरकारलाई थितिमा बाँध्ने कुरालाई पिंजडा देख्नु अशुभको संकेत भएको बताए । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेर ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पिँजडा भित्र राख्न खोजेको टिप्पणी गरेपछि ओलीको यस्तो जवाफ आएको हो । 

ओलीले भने, ‘मानव समाज विभिन्न बन्धनहरुबाट बाँधिएको हुन्छ । सामाजिक बन्धन हुन्छन । इमानका बन्धन हुन्छन । धर्मका बन्धन हुन्छन । बाचाका बन्धन हुन्छन । प्रचलनका बन्धन हुन्छन । यी बन्धनहरुबाट समाज बाँधिएको हुन्छ । संविधानबाट बाँधिएको हुन्छ । संविधान आवधिक कुरा हुन्छ । तर, सामाजिक प्रचलन, बाचा, बन्धन, नैतिक बन्धन आदि कुराहरुको बन्धन चाँही स्थायी बन्धन हुन्छन । यो समाजले लामो समय लगाएर बनाएको हो । त्यसकारण फुक्काफाल मन पराउने, जसो गरेपनि हुने, कार्यकारीमा भोट दिन मिल्ने, पार्टी छानीछानी भोट दिन मिल्ने, अर्को पार्टीको विरोध गर्नुपर्ने, सरकारको समर्थन गर्ने, सरकारमा हिस्सेदारको विरोध गर्ने यस खालका कुरा संयन्त्र बनेकोमा पनि विरोध गरेको सुनियो । मैले पहिले भनेको कुरा पनि उल्लेख गरेको सुनियो । संयन्त्र बन्नु पर्दैन । यो संविधानले नचिन्ने कुरा किन गर्ने भनेको कुरा स्मरण गर्दै बोलेको पनि सुनियो । नेपाली काँग्रेसले रामचन्द्र पौडेलजीको नेतृत्वमा संयन्त्र बनाएर एउटा नयाँ प्रचलन सुरु ग¥यो । मैले पहिला नमानेको हो । चाहिँदैन भनेको हो । त्यस्तो पर्दैन भनेको हो । तर नेपाली काँग्रेसले गत सरकारको समयमा संयन्त्र बनाएर एउटा अभ्यास सुरु ग¥यो । अव आज काँग्रेसले अभ्यास सुरु ग¥यो त । त्यो त एउटा अभ्यासको रुपमा आईसक्यो भन्ने कुरा हो । यो बेलगाम चल्ने कुरा, थितिमा नबाँधिने कुरा, प्रणालीमा नबाँधिने कुरा, प्रबन्ध भित्र नबाँधिने कुरा, प्रबन्धभित्र बाँधिनुलाई पिंजडा ठान्ने कुरा यो नै अशुभको संकेत हो ।’

Advertisement

Advertisement