सबै नागरिकलाई प्रोटिनजन्य खानेकुरा उपलब्ध गराउने सरकारको प्रयास पर्याप्त छैन्ः प्रधानमन्त्री

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रोटिनयुक्त खानपानको व्यवस्था सबै जनतामाझ पुर्याउन सरकारबाट भइरहेको प्रयास पर्याप्त नभएको बताएका छन् । 

शनिवार राजधानीमा आयोजित दोस्रो संस्करणको राइट टू प्रोटिन रन हाफ म्याराथन कार्यक्रममा बोल्दै उनले खेल क्षेत्रबाट स्वस्थ र अनुशासित जीवन पद्धतिको विकास हुने बताए । दाहालले देश अहिले पोल्टी व्यवसायमा आत्मनिर्भर भएको बताए । 

Advertisement

उनले वनस्पतिजन्य खाद्यान्नमा पनि हामी आत्मर्भिर हुने र बालबालिकालाई त्यसको लागि आवश्यक पर्ने प्रोटिनको मात्रा उपलब्ध गराउने कुरामा सरकार प्रतिवद्ध रहेको बताए । दाहालले अहिलेको सरकारले स्वास्थ्यको क्षेत्रमा नयाँ शुरुवात गर्ने तयारी गरेको भन्दै जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर केही नीतिगत र व्यवहारिक निर्णय गर्न लागेको बताए । 

प्रधानमन्त्री दाहालले भने, ‘समग्रमा खेल क्षेत्रबाट स्वस्थ र अनुशासित जीवन पद्धतिको विकास गर्नेकुरामा जोड गर्दै आएका छौँ । नेपाल सरकारको तर्फबाट भइराखेका प्रयासहरु पर्याप्त छैनन् भन्नेकुरा तथ्य तथ्यांकले देखाएको छ । यस्ता कार्यक्रमले एकातिर पशुजन्य खाद्यान्नको विकासको निम्ति व्यवसयलाई उत्प्रेरित गर्छ भने गेडागुडीलगायतका खाद्यपदार्थको विकासमा पनि किसानहरुलाई उत्प्रेरित गर्छ । आत्मनिर्भरताको दिशातिर जानसक्छौँ । यतिबेला हामीले पोल्टी व्यवसायमा झन्डै आत्मनिर्भर भएका छौँ । यो खुशीको कुरा हो । वनस्पतिजन्य खाद्यान्नमा पनि हामी आत्मर्भिर हुने र बालबालिकालाई त्यसको लागि आवश्यक पर्ने प्रोटिनको मात्रा उपलब्ध गराउने गर्नुपर्छ । स्वास्थ्यको क्षेत्रमा सरकारले नयाँ शुरुवात गद्र्रछ । यो क्षेत्रमा जनताको सेवाको लागि सरकारले गर्नुपर्ने काम धेरै छ । फेरि म तेस्रो कार्यकालमा जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर केही नीतिगत र व्यवहारिक निर्णय गर्दैछौँ ।’

Advertisement

Advertisement