सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको एकिकृत कारोबार फागुन १ गतेबाट

Advertisement

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनी र प्रिमियर इन्स्योरेन्स कम्पनीको एकिकृत कारोबार दुई सातापछि हुने निर्णय भएको छ । कम्पनीले दिएको जानकारी अनसार आगामी फागुन १ गतेदेखि एकीकृत कारोबार गर्ने तयारी भएको हो ।

उक्त कम्पनीहरुको कारोबार सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट हुनेछ  । मर्जरकालागि कम्पनीले बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट आवश्यक स्वीकृति पाइसकेको छ भने एकिकृत कारोबारकालागि कम्पनीले अन्तिम चरणको काम भइरहेको जनाएको छ ।

Advertisement

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र वैदवार रहने सहमती भइसकेको छ । हाल उनी सिद्धार्थ इन्स्योरेन्सको सीईओ छन् । असार २७ गते प्रारम्भिक मर्र्जर सम्झौता गरेका यी कम्पनीहरुले दुई सातामा एकीकृत कारोबार संचलान गर्ने छन् । 

Advertisement

Advertisement