जीवन बीमा कम्पनीहरुले संकलन गरे ३० अर्ब ८ करोड बीमा शुल्क, कुनको कति ? (सूचीसहित)

Advertisement

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दुई महिना अर्थात भदौ मसान्तसम्म ३० अर्ब ८ करोड रुपियाँ कूल बीमा शुल्क संकलन गरेका छन् । 

१४ जीवन बीमा कम्पनीहरुले भदौ महिनामा मात्रै ११ अर्ब ५५ करोड कूल बीमा शुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणले आज प्रकाशित गरेको तथ्याङ्कमा उल्लेख छ । 

तथ्याङ्क अनुसार सबैभन्दा अगाडि नेपाल लाइफले  ९ अर्ब ३ करोड कूल बीमा शुल्क संकलन गरेको छ । नेशनल लाइफले ३ अर्ब ५८ करोड र एलआईसी नेपालले भदौ महिनामा ३ अर्ब ३० करोड रुपियाँ कूल बीमा शुल्क संकलन गरेको तथ्याङ्कमा उल्लेख छ । 

यता तीन लघु जीवन बीमा कम्पनीले भदौ मसान्तसम्म ६ करोड ९६ लाख कूल बीमा शुल्क संकलन गरेका छन् । भदौ महिनामा मात्रै ३ करोड २६ लाख बीमा शुल्क संकलन गरेको तथ्याङ्कमा उल्लेख छ । सबैभन्दा बढी गार्डियन माइक्रोले दुई महिनामा ३ करोड ३३ लाख कूल बीमा शुल्क संकलन गरेको छ । 

undefined

Advertisement

Advertisement