सेगवे नाइनबटको एन१०० एन सिरिजअन्तर्गत ई-स्कुटर सार्वजनिक

Advertisement

काठमाडौं । सेगवे नाइनबटको नेपालका लागि आधिकारिक बिक्रेता आई हब प्रालिले एन–सिरिजअन्तर्गतको नयाँ ई–स्कुटर सार्वजनिक गरेको छ । 

नाइनबट एन१०० एन सिरिजअन्तर्गत नेपाली बजारमा सार्वजनिक पहिलो ई–स्कुटर हो । एन१०० सहरी क्षेत्रको यात्रामा शैली, आराम र दक्षता ल्याउन डिजाइन गरिएको आधुनिक गतिशीलताका लागि नयाँ समाधान हो । जसले सवारीचालकहरुलाई नयाँ र उच्च स्तरको सुविधा प्रदान गर्ने कम्पनीले दाबी गरेको छ । 

Advertisement

सेगवेले ग्राहकको उपस्तिथतिमै भर्खरै बजारमा ल्याउँदै गरिएको एन१०० लगायत अन्य उत्पादनहरू अनुभव गर्नका लागि रमाइलो कार्निभल आयोजना गरिरहेको छ । कार्यक्रम यही माघ २७ देखि फागुन ५ गतेसम्म ललितपुरको झम्सिखेलमा चल्नेछ ।

सहभागीले सेगवेका नयाँ उत्पादनको टेस्ट राइड गर्ने र सेगवेका अन्य नवीन उत्पादनसँग रेसिङ सेगवेमार्फत अनुहारमा मुस्कान ल्याउने विशेष अवसर हुने कम्पनीले जनाएको छ। 

Advertisement

Advertisement