राष्ट्रपति कांग्रेसबाट बनाउन सघाए पाँच बर्ष दाहाललाई प्रधानमन्त्री खान दिन्छौंः महत

Advertisement

काठमाडौं । नेपाली काँग्रेसले सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई समर्थन गरे पाँच नै पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा खान दिनेसंकेत दिएको छ । 

काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले राष्ट्रपतिमा सत्तारुढ दल माओवादी केन्द्रले आफ्नो उम्मेदवारलाई समर्थन गरेको खण्डमा काँग्रेसले पनि पाँच वर्ष नै दाहाललाई प्रधानमन्त्री खान दिने संकेत गरेका हुन् । अहिलेको परिवेशमा काँग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वभाविक हुने उनले बताए । 

Advertisement

महतले संविधान रक्षाका लागि काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उल्लेख गर्दै राष्ट्रपतिको पद महत्वपूर्ण भएको बताए । नानसँग कुरा गर्दै उनले राष्ट्रपति पदमा राष्ट्रिय सहमति कायम हुनु नै सबैभन्दा उत्तम विकल्प भएपनि राष्ट्रिय सहमतिका लागि सत्तारुढ दल नेकपा एमाले नमानिरहेको अवस्थामा संविधानको रक्षाधर पार्टीहरु एक भएर काँग्रेसले उठाएको उम्मेदवारलाई राष्ट्रपति पदमा निर्वाचित गर्न आग्रह गरे । 

राष्ट्रपति नेपाली काँग्रेसको हुने वा नहुने भन्नेकुरा गौण रहेको तर्क गर्दै महतले तर संविधानको विषयमा कुन पार्टी कहाँ उभिने ? भन्नेकुरा प्रमुख रहेको बताए । उनले एमालेले राष्ट्रिय सहमति नचाहेको अवस्थामा प्रधानमन्त्रीले आफ्नो पार्टीले के निर्णय गर्ने भन्नेकुरालाई ध्यान दिन जरुरी रहेको बताए । 

Advertisement

Advertisement