संघीयतामा गएपछि शिक्षा क्षेत्र स्थानीय तहलाई दिँदा झन अति राजनीतिकरण भयोः थापा

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षा क्षेत्र स्थानीय तहलाई दिँदा झन राजनीतिकरण भएको बताएका छन् । 

राजधानीमा आयोजित एक कार्यक्रममा उनले स्थानीय तहका जनप्रतिनिधिहरु कुनै न कुनै पार्टीको हुने हुँदा शिक्षा क्षेत्र राजनीतिकरणको शिकार भएको बताए । सरकारले कक्षा ११ र १२ समेत स्थानीय तहलाई जिम्मा दिएको तर यसको अनुगमन गर्ने व्यवस्था भने नगरेको कारण बेथिति बढेको बताए । 

Advertisement

थापाले भारतमा जस्तै शिक्षा लोकपालको व्यवस्था गरेर स्थानीय तहले सञ्चालन गर्ने शिक्षा क्षेत्रको अनुगमनको व्यवस्था गर्नुपर्ने बताए । उनले नयाँ शिक्षा ऐन जारी संसद अधिवेशनबाटै पास होस भन्ने आफूहरुको चाहना रहेको बताए । 

थापाले शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले कानुन नबन्दा विद्यालय तहको शिक्षा सहज ढंगले अघि बढन सक्ने अवस्था नरहेको बताए । उनले विद्यालय तहको शिक्षालाई निःशुल्क र अनिवार्य भन्ने तर निजी विद्यालयले शुल्क लिने यस्तो अन्यौलको अवस्था तत्काल हटाउन पनि सरकारलाई सुझाव दिए । 

कोइरालाले निजी विद्यालयको संचालनका सम्बन्धमा ठोस धारणा ल्याउन पनि ढिलाई गर्न नहुने बताए । 

Advertisement

Advertisement